बिर्तामोड । 

झापाको बिर्तामोडमा आज पिकअपको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ । झापा बिर्तामोड–५ जात्रुबारी स्थित भित्री सडक खण्डमा किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे १ ज १८०४ नम्बरको सामान बोक्ने पिकअप गाडीले पैदलयात्रु सोही ठाउँका ८१ वर्षीया श्रीमाया लिम्बूको मृत्यु भएको हो । 

पिकअपको पछाडीको भागले ठक्करबाट  घाइते भएकी पैदलयात्री लिम्बूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सवारी चालक बुद्दशान्ति–३ का हरि प्रसाद काफ्ले र सवारी  इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।