झापा। 

दुर्घटनामा घाइते भएर उपचाररत एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ ३ गते राति १०ः५० बजेको समयमा झापाको बिर्तामोड नगरपालिका–५ अदुवाखोला पुल छेउस्थित पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । 

लक्ष्मिपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प.१९०४ नम्बरको मोटरसाइकलले वनस्टपमलदेखि अदुवाखोला तर्फ जाँदै गरेको मे.१ ह.३७२१ नम्बरको अटोलाई ठक्कर दिदा मोटरसाइकल चालक गौरादह ननगरपालिका–३ का अन्दाजी २४ बर्षीय निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमकका तत्काल वडा नम्बर नखुलेका अन्दाजी २२ बर्षीया सुजाता बुढाथोकीको टाउकोमा चोटलागेर गम्भीर घाईते भएका थिए । 

घाइते उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेकोमा आज (सोमवार) बिहान राति ४ बजे  घाईते सुजाता बुढाथोकीको उपचारको क्रमा मृत्यु भएको छ । 

 थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको छ भने लाश सोही अस्पतालमै रहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन, अटो चालक अर्जुनधारा–६ का अन्दाजी ३४ बर्षीय  खेमराज खड्का र मोटरसाइकल चालकलाई सामान्य उपचारपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।