बाह्रदशी ।
बाह्रदशी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट सदिक्षा खड्का अध्यक्षमा चयन भएकी थिइन् । अध्यक्षमा चयन भएलगत्तै वर्ष २०२५ अध्यक्ष तीर्थप्रसाद काफ्लेले वर्ष २०२६ की अध्यक्ष सदिक्षा खड्कालाई पद हस्तान्तरण गरेका हुन् ।
बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको थियो ।बाह्रदशी जेसीजमा नवगठित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा गोकुल घिमिरे र नवराज दाहाल चयन भएका छन् । महासचिवको जिम्मेवारी नवीनकुमार त्रिताललाई दिइएको छ भने कोषाध्यक्षमा राजु अधिकारी चयन भएका छन् ।
उपाध्यक्षहरूमा भूपेन्द्र दंगाल, मनोज खतिवडा, बिनोद फुयाल र कृष्ण अधिकारी रहेका छन् । ग्लोबल लोकल कोअर्डिनेटर (जीएलसी) मा प्रकाश फुयाल चयन भएका छन् । यसैगरी, प्रशिक्षण संयोजकमा विश्वास गौतम, सूचना तथा जनसम्पर्क अधिकृत (पीआरओ) मा गोपाल उप्रेती, सचिवमा अर्जुन महतारा चयन भएका छन् ।
स्वास्थ्य संयोजकमा सुनिता सापकोटा, सदस्य वृद्धि संयोजकमा सञ्जय शाह, थिम संयोजकमा पुष्पा भट्टराई, खेलकुद संयोजकमा गोपीनाथ देव शर्मा, शिक्षा संयोजकमा विमला सुवेदी चयन भएका छन् ।
त्यस्तै, महिला सशक्तीकरण संयोजकको जिम्मेवारी दमन्ता कार्कीलाई दिइएको छ भने आतिथ्य व्यवस्थापन संयोजकमा कुमार कटुवाल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सक्रिय, उत्तरदायी र समाजमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
योसँगै बाह्रदशी जेसीजले पत्रकार प्रितम धमलालाई सम्मान गरेको छ । जेसीज गतिविधिलाई सञ्चार माध्यमबाट प्रचारप्रसारमा उल्लेख्य योगदान पु¥याएको भन्दै पत्रकार धमलालाई सम्मान गरिएको थियो ।


















