झापा ।
झापाको बिर्तामोड नगरपालिका–८ हर्चना टोलमा भएको सवारी दुर्घटनाका एक जनाको मृत्यु भएको छ । शैनिकमोड भद्रपुर सडक खण्डमा शैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
गएराति ८ः१५ बजे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना चालक भद्रपुर नगरपालिका–७ का ३६ बर्षीय सुदिर निरौला गम्भीर घाइते भएका थिए । घाइते उनलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















