बिर्तामोड । 

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ । यसै क्रममा आज (शुक्रवार) भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि ७५ हजार रुपैयाँ सहयोग जुटेको छ ।

झापा बिर्तामोडको मनमोहन अस्पतालले ५० हजार सहयोग गरेको छ भने ओझा ट्रेडर्स बिर्तामोडले २५ हजार रुपैयाँ सहयोग गरेको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा पदम श्रेष्ठेले जानकारी दिए । 

sss

मनमोहन अस्पतालका तर्फबाट रोमणी भट्टराई र बुद्धि भट्टराई, हरिचरण शिवाकोटीले ५० हजार र ओझा ट्रेडर्सका प्रोपाइटर नरेन्द्र ओझाले २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ र भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा युवा व्यवसायी पदम श्रेष्ठलाई उक्त रकमबापतको चेक हस्तान्तरण गरेका हुन् । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको थियो । स्थानीय समाजसेवी, युवा व्यवसायीहरुको साथ र सहयोगपछि भवन पुनःनिर्माण तथा मर्मत सम्भार गरिदै आएका छ ।