झापा । 

 पहाडको आज तापक्रम केही बढेको छ । हिजोको तुलनामा आज काठमाडौंको तापक्रम केही बढेको हो । आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ भने हिजो न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोपछि विस्तारै आकाश खुल्दै जाने महाशाखाले जनाएको छ ।

तापक्रममा क्रमिक वृद्धि हुँदै गएसँगै चिसोको प्रभाव पनि हिजोको तुलनामा कम महसुस गरिएको छ । बिहान र बेलुकी चिसो रहे पनि दिउँसो भने न्यानो महसुस हुँदै गएको महाशाखाले जनाएको छ ।