हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै आज स्थानीय सार्वजनिक बिदा दिएको हो ।
आज (मंगलबार) राजवंशी समुदायहरुले मनाउने सर्वाधिक लोकप्रिय चाड राष्ट्रिय भाका दिवस भएकाले स्थानीय बिदा दिइएको सोमवार जारी सूचनामा उल्लेख छ ।
स्थानीय दिवाका दिन आज हल्दीबारी गाउँपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकास्मिक सेवा बाहेक) र सबै विद्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । पालिकाले सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध गरेको छ ।



















