झापा ।
झापाबाट लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसारमा लागु औषध कारोबार हुँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणम लिएको हो ।
गएराति साँझ ७ बजेको समयमा इलाका प्रहरी कार्यालय बुधवारे र शसस्त्र प्रहरी बेस क्यामप टिमाई झापाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।
मेचीनगर–७ का २६ बर्षीय बिमल मेचे र मेचीनगर–११ का २३ बर्षीय प्रबिन राईलाई शंका लागेर चेक जाँच गर्दा बिमल मेचेको साथ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ४ ग्राम ४५० मिलिग्राम फेला परेको थियो । उनीहरुका साथबाट नगद तथा जेन्सी सामाग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी पक्राउ पर्नेमा मेचीनगर–८ का २० बर्षीय कविस मेचे, मेचीनगर–११ का २८ बर्षीय बासु राजबंशी, सोही स्थानका ३४ बर्षीय सुरेश खड्का, मेचीनगर–१० टिकापुरका ३० बर्षीय घनश्याम माझी, बुद्धशान्ति गाउँपालिका–४ बर्नेका ३५ बर्षीय कुमार गुरुङ, बुद्धशान्ति गाउँपालिका–३ का २५ बर्षीय सन्दिप सराईली र बुद्धशान्ति गाउँपालिका–४ का ३८ बर्षीय राजेन्द्रकुमार थापा रहेका छन् ।
नियन्त्रण गरिएको उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारी झापामा ल्याएर आवश्यक थप अनुसन्धान कार्य भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस अघि पनि सोही स्थानबाट लागूआोषध सेवन गरिरहेको अवस्थामा ४३ जना र कारोबारी समेतलाई नियन्त्रणमा लिएर अनुसंधान तथा कारवाहि गरिएको थियो ।

















