झापा ।
झापाको मेचीनगर–१० स्थित धुलाबारी न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले बनाउदै गरेको निर्माणधिन ईष्टन होटलको चौथो तलाबाट लडेर एक जना कामदारको मृत्यु भएको छ ।
फलामको पाईप सार्ने क्रममा सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्हिका अन्दाजि २१ बर्षीय नरेशकुमार मण्डलको मृत्यु भएको हो ।
शुक्रवार साँझ ६ः३० बजेको समयमा उनी अचानक भुईमा खसेर शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाईते भएका थिए । घाइते उनलाई मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा ७ बजे उपचारको क्रममा उनको मृत्यू भएको हो।
जानकारी प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली गएर आवश्यक अनुसन्धान भइरहेको र शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















