हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडा क्षेत्रभित्रको बाटो साँगुरो भएका कारण सवारीसाधन आवत–जावतमा समस्या भएको जनाउँदै सडक आसपासका रुख, बोट विरुवा हटाइदिन आग्रह गरेको छ ।
वडा कार्यालय मंगलबार एक सूचना जारी गर्दै सम्बन्धीतलाई सडक किनाराको बोटविरुवा तथा घाँसपात हटाउन आग्रह गरेको हो ।
वडाध्यक्ष खड्गबहादुर लावतीद्धारा जारी सूचनामा भनिएको छ ‘हल्दीबारी–५ भित्रका कालोपत्रे, ग्राभेल तथा भित्री सडकको दुवै किनारामा सडकको अधिकार क्षेत्र भित्र रहेको बोटविरुवा तथा घाँसपातहरुको कारण बाटो सागुरो भइ सवारीसाधन आवतजावत र बाटोमा हिड्डुल गर्न अफ्ठ्यारो छ ।’
सम्बन्धित व्यक्तिहरुले आफ्नो घरजग्गा आसपासमा रहेको बोटविरुवा तथा घाँसपातहरु सात दिन भित्र हटाइदिन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
जारी सूचनामा भनिएको छ ‘सूचना विपरित कार्य भएको खण्डमा नियम अनुसार कारवाही हुने व्यहोरा समेत यसै सूचना साथ जानकारी गराईन्छ ।’ फाइल तस्वीर


















