शनिश्चरे ।

शनिश्चरे–खुदुनावारी सडकको विरिङ खोला पुल निर्माण हुने भएको छ । लामो प्रतीक्षा र अथक प्रयासपछि झापाको अर्जुनधारा नगरपालिका–७ स्थि बिरिङ खोलाको पुल पुनःनिर्माणका लागि  ३५ करोड रुपैयाँ स्वीकृत भएको छ । अर्जुनधारा–४ र १ सँग जोड्ने  शनिश्चरे–खुदुनावारी सडकको विरिङ खोलामा भाच्चिएको पुल पुनः निर्माणका रकम स्वीकृत भएको हो । 

ठेक्का प्रकृया तत्काल अगाडि वढाउने जानकारी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सुरूवातदेखि नै अत्यन्तै चासोका साथ सो विषयमा लागेर टुङ्गोमा पुर्याउन जुनसुकै कदमका लागि पनि पछि नपर्ने प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उक्त भासिएको पुलप्रति धेरै चाँसो राख्दै आएका थिए ।  सबै काम छोडेर त्यसको पछि लागिरहने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा उक्त रकम स्वीकृत भएको हो । 

उक्त विषयलाई हरेक भेटमा चासोका साथ प्रश्न उठाउने नेकपा एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरी, नवनियुक्त कोशी प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री चिन्तन पाठक, अर्जुनधारा नगर उप–प्रमुख खड्गमाया पराजुलीसहित सबै वडाध्यक्ष, सबै राजनैतिक दलका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू तथा सबै सेवाग्राहीहरूप्रति नगरले हार्दिक हार्दिक आभार व्यक्त गरेको छ । 

गत बर्षामा आएको बाढीले पुल भासिएर दवेसँगै पुलबाट आवतजावतमा यात्रुहरुलाई समस्या हुँदै आएको थियो ।