झापा । 

झापाको दमकबाट लागूूऔषधसहित तीन जना पक्राउ परेका छन् । दमक नगरपालिका–८ मा रहेको कञ्चनजंगा होटलको कोठा नम्बर ८ बाट लागूऔषधको कारोवार हुँदै गरेको भन्ने विशेष सुचनाको आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । 

उक्त होटलको कोठा नम्बर ८ बाट मोरङको मिक्लाजुङ गाउँपालिका–३ का १९ बर्षीया मनिका राई, झापा दमक–१ का २६ बर्षीय सुरज कुमाल  र सोही स्थानका ३१ बर्षीय कृष्णबहादुर श्रेष्ठलाई लागूऔषधसहित सोमबाट दिनको १ बजे पक्राउ गरिएको थियो । 

 इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी  टोलीले होटलको होटल कोठा नम्बर ८ उनीहरुका साथबाट विभिन्न दरको नगद ३३ हजार, लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम ७८० मिलिग्राम फेलापारी बरामद गरेको छ ।

उक्त लागूऔषधको कारोबारमा संलग्न रहेका तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमक ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।