झापा ।
झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट जवरजस्ती करणी चालु मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत झापाबाट २०८१/०४/१५ गते पक्राउ पुर्जी जारी भई हाल फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा मेचीनगर–९ का २५ बर्षीय सुवास बिश्वकर्मा मेचीनगर–६ काँकरभिट्टामा हिडडुल गर्दै गरेको अवस्थामा आइतवार दिनको २ बजेको समयमा प्रकाउ गरिएको हो ।
नियन्त्रणमा लिई इप्रका धुलाबारी झापामा ल्याएर राखिएको छ । उनले २०८०/११/१७ गते राती ९ः३० बजेको समयमा एक महिलालाई जबरजस्ती करणी गरेका थिए ।
जवरजस्ती करणी गरेको उजुरि इप्रका धुलाबारिमा पर्दा उनी फरार रहँदै आएका थिए। उनलाइ आज जिल्ला अदालत झापाबाट म्याद लिएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















