झापा ।
झापा बिर्तामोड नगरपालिका–६ स्थित बुट्टाबारी अहिले साँझ ५ः१५ बजेको समयमा आगलागी भएको छ । सोही स्थानका होममनि बस्नेतको टिनको छानो बासको टाटिबेरा भएको १ तले गोठ गुवालीमा खोले पकाउने क्रममा अचानक आगोलागी भएको हो ।
स्थानियबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो ५ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट काठपात टिन र गुवालिमा राखिएको ट्याक्टरको पाठपूर्जा पूर्ण रुपमा जल्दा १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















