बिर्तामोड ।
झापाको बिर्तामोडमा पाँच रुपैयाँमा भरपेट खाना खान पाइने भएको छ । बिर्तामोड ५ स्थित सिटी सेन्टर नजिकै पश्चिम तर्फ विपन्न नागरिकलाई लक्षित गर्दै टहरा नै निर्माण गरेर पाँच रुपैयाँमा भरपेट खाना खुवाउन लागिएको हो ।
केजीएफ नामक संस्थाले सबै लाई बाच्ने अधिकार भएको र मानव कल्याणका लागि एक छाक ति गरिव निमुखालाई भन्ने नाराका साथ सोमवारदेखि खाना अभियान सञ्चालन गरिएको अभियानका संयोजक विक्रम सुब्बाले जानकारी दिए । अभियानका लागि भोलेन्टियर्सका रुपमा मिसन झापा रहेको बताइएको छ ।
मिसन झापाका संयोजक समेत रहेका माधव झाले अभियानका विषयमा प्रकाश पार्दै यो अभियानलाई सफल बनाउन आम नागरिकलाई आग्रह गरेका छन् ।
संस्कार, संस्कृति , खेलकुद, कृषि पशुपंक्षी मानव सेवालाई निरन्तरता दिँदै आएको केजीएफले सो अभियालाई सबैले सहयोग गरिदिन आग्रह गरेको छ । आयोजक संस्थाले आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी अभियानका बिषयमा जानकारी दिएको छ ।


















