शनिश्चरे । 

नेपाल दशनामी समाज अर्जुनधारा नगर समितिको आठौं अधिवेशन सम्पन्न भएको छ । शनिश्चरेस्थित शिवालय मन्दिरमा आज (शनिवार) भएको अधिवेशनले अध्यक्ष राधेश्याम गिरी सर्व सम्मत चयन भएको छन् । समितिको उपाध्यक्षमा पुष्पलाल गिरी, सचिवमा मदन गिरी, सह–सचिव यशोदा गिरी, कोषाध्यक्षमा सुनिता भारती सर्वसम्मत चयन भएका छन् । 

यसैगरी सदस्यमा खेमनाथ पुरी, राजन गिरी, शान्तिराम गिरी चयन भएका छन् । सल्लाहकार समितिमा संयोजक होमनाथ पुरी, सदस्यमा मुक्ति गिरी र सिता भारती सर्वसम्मत चयन भएका छन् । 

अधिवेशनले जिल्ला अधिवेशनका लागि पाँच जना अधिवेशन प्रतिनिधि छनौट गरेको छ । अधिवेशनले युवराज गिरी, हर्कलाल गिरी, सुशिला गिरी, गणेशमान गिरी र होमनाथ पुरी रहेका छन् । 

उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष होमनाथ पुरीको अध्यक्षता तथा  समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश)  प्रमुख आतिथ्य रहेको थियो । स्वागत सिता भारतीले गरेको कार्यक्रममा समाजका कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश)  झापा सचिव युवराज गिरी, जिल्ला सदस्य सुशिला गिरी, समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, समाजका झापा युवा समिति संयोजक प्रजित पुरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव पुष्पलाल गिरीले गरेका थिए ।