बिर्तामोड ।
‘आफ्नो टोल आफै सरसफाई गरौं’ भन्ने मुल नाराका साथ झापाको बिर्तामोड–५ स्थित गणपति टोलका युवाहरुले बाटो आसपासको क्षेत्र सरसफाई गरेका छन् । आज (शनिवार) बिहान गणपति मार्गको करिव १ किलो मिटर बाटो स्थानीय युवा व्यवसायीहरुले सरसफाई गरेका हुन् ।
सफल व्यवसायी चण्डी ढकालको संयोजकत्व तथा युवा तथा व्यवसायीहरुको सक्रियतामा गणपति मार्गको बाटोको आसपास रहेको नाली, काम नलाग्ने बोटविरुवा तथा झारपात सरसफाई गरिएको छ ।
सरसफाईका लागि आवश्यक सामाग्री सफल युवा व्यवसायी तथा युनिक मेशिनरीका प्रोपाइटर बिपिन बजगाँईले उपलब्ध गराउनुभएको थियो ।
सरसफाई कार्यक्रममा व्यवसायीहरु राजु ढकाल, देवेन्द्र केसी, लक्ष्मी थापा, प्रजित पुरी, आशिष शर्मा, प्रविन कटुवाल, लीला खड्का, खिलराज खड्का, सरिता खड्का, सुशिला खनाल न्यौपाने रहेका थिए ।
साथै सरसफाई कार्यक्रममा व्यवसायीहरु हेमन्त न्यौपाने, ज्ञानु काफ्ले, प्रतिमा प्रसाई, देवी दाहाल, विपिन मैनाली, बिदुर खनाल, आयुस बजगाँई, चिरञ्जिवी अधिकारी, खगेन्द्र न्यौपाने, सोना लिम्बुलगायतको पनि सहभागीता रहेको थियो ।


















