झापा । 

झापाको कनकाई नगरपालिका–४ स्थित माईखोला पुल  नजिक शंकास्पद बस्तु फेला परेको छ । आज (शनिवार) बिहान ६ः३० बजेको समयमा कालो झोलामा प्याक गरिएको अवस्थामा  फेला परेको हो । 

कालो झोलामा प्रेसर कुकर राखिएको र त्यहाँबाट तार निकालिएको अवस्थामा पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि सो शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

 प्रहरीले उक्त शंकास्पद बस्तु स्थानियले देखेको खवर पाएपछि रेकी गरी राखेको छ । साथै अरिदमन गण चाराआलीबाट नेपाली सेनाको बम बिस्पोजल टोली त्यस घटनास्थल तर्फ पस्थान गरेको बुझिएको छ ।