झापा । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट भागेका थुनुवा पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमक हिरासतबाट फरार थुनुवा बिहीबार ४ः३० बजेको समयमा पक्राउ परेका हुन् । 

इप्रका दमकको हिरासत कक्षबाट भागेर फरार रहेका लागुऔषध मुद्दाका थुनुवा झापा दमक नगरपालिका–८  का २८ बर्षीय  राजिप मण्डललाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

फरार थुनुवा मण्डललाई दमक–७ पशुहाटमा फेला पारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर कानुनी प्रकृयाको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।