काँकरभिट्टा । 

नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेललाई पितृशोक परेको छ । उनका पिता ८८ बर्षीय चन्द्रबहादुर पौडेलको पुस १६ गते बुधबार राति १०ः३० बजे मेचीनगर–६ काँकरभिट्टास्थित निजी निवासमा निधन भएको हो । महासंघ झापाका सचिव राजु पाठकले शोक विज्ञप्ति जारी गर्दै कोषाध्यक्ष पौडेलका पिताको निधनको खबरले महासंघ झापा स्तब्ध भएको जनाएका छन् । 

महासंघ झापा स्वर्गीय पिताको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण  गर्दै पितासँगको चिरवियोगको क्षणमा रहेका समस्त  पौडेल परिवारमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तको कामना गर्दै गहिरो समवेदना व्यक्त  गरेको छ । 

आज पुस १७ गते विहीवार विहान १०ः३० बजे नीजी निवासबाट शवयात्रासहित स्थानीय मेची घाटमा स्व. पिताको पार्थिव शरीरको अन्तिम संस्कार गरिएको छ ।