झापा । 

झापाको कनकाई नगरपालिका–९ मन्त्रीबारीमा एक ब्यक्तिको ढलेर मृत्यु भएको छ । सोही स्थानका रावण मर्कीको घर आँगनमा उनको बहिनि ज्वाई  काठमाडौं कागेश्वरी मनोहर नगरपालिका–४  का अन्दाजी ४७ बर्षीय सुब्बा नगरकोटीको आज (बिहीवार) बिहान ११ः१५ बजेको समयमा अचानक ढलेर मृत्यु भएको छ ।

 प्रारम्भिक रुपमा बुझ्दा  मृतक र उनकी  श्रीमती बडकी नगरकोटी काठमाडौंमा बस्दै आएका थिए । उनीहरु बसाईसरी आई सामान अनलोड गर्ने क्रममा अचानक ढलेर घटनास्थलमै मृत्यु भएको हो । 

उनलाई बिगतदेखि नै छारे रोग सम्बन्धि बिरामी रहेको भन्ने बुझिएको छ ।  थप कानुनी प्रकृया तथा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृत सहितको टोलि गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।