झापा ।
ग्रेगोरियन पात्रोअनुसार आज बर्षको पहिलो दिन नयाँ बर्ष मनाइँदैछ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । अग्रेजी नयाँ वर्षको नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।


















