लक्ष्मीपुर । 

झापामा शीतलहर झरेको छ । केही दिन यता देशको पूर्वी भागमा चिसो बढ्दै गएको थियो भने गएरातिदेखि शीतलहर चलेको हो । शीतलहर चलेसँगै झापासहित पूर्वको जनजीवन प्रभावित बन्दै गएको छ । शीतलहर चलेसँगै झापासहित पूर्वी नेपालको जनजीवन प्रभावित बन्दै गएको छ । 

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाद्धारा अहिले साँझ जारी बुलेटिनले जनाएको छ। आज राती तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

भोलि दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।