शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको अध्यक्षतामा गठन हुने विषयगत समितिको सदस्य पदमा मनोनित भएका छन् ।
समितिको सदस्य पदमा देशभरका स्थानीय तहका प्रमुखहरु मध्येबाट माननीय मन्त्रीस्तरिय निर्णय बमोजिम अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन मनोनयन भएका हुन् ।
मन्त्रीको अध्यक्षतामा गठन हुने विषयगत समितिमा अध्यक्षले तोकेको स्थानीय तहको एक जना प्रमुख वा अध्यक्ष सदस्य रहने व्यवस्था रहेको नगर प्रमुख गोम्देनलाई मन्त्रालयको गत पुस ६ को माननीय मन्त्रीस्तर निर्णयानुसार समितिको सदस्यका रुपमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।
संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय र अन्तरसंम्वन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेशका सम्बन्धित विषयको कार्यक्षेत्र रहने मन्त्रालय तथा स्थानीय तहबिच समन्वय कायम गरी नीति तथा योजना कार्यान्वयन र विकास निर्माण लगायतका काममा प्रभावकारिता अभिवृद्धि गर्न, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको अध्यक्षतामा गठन हुने विषयगत समिति हो ।


















