झापा ।
झापा गाउँपालिकामा बालकको पानीमा डुवेर मृत्यु भएको छ । झापाको दक्षिण क्षेत्रको झापा गाउँपालिका–सडकबारी एक तीन बर्षीय बालकको पानीमा डुवेर मृत्यु भएको हो ।
झापा गाउँपालिका–२ स्थित सडकबारीका दिनेश कडेलको ३ बर्षीय छोरा दिवांस कडेल खेल्ने क्रममा आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर आइतवार दिनको २ः२५ बजेको समयमा घाईते भएका थिए ।
घाइते उनलाई उपचारको लागि बिर्तासिट्टी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा चिकित्सकले आज बिहान राति ३ः२२ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । लास सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















