झापा । 

 जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीको भारतमा मृत्यु भएको छ । जेनजी आन्दोलन क्रममा केन्द्रीय कारागार सुन्धारा काठमाणडौबाट फरार भएका बिर्तामोड नगरपालिका–३ का ४० बर्षीय आलम मियाको भारतको हिमान्चल प्रदेश एच एण्ड एफए पानी प्रशोधित कम्पनीबिहीवार मृत्यु भएको हो । 

 उनको काम गर्दा गर्दै अचानक बेहोस भएर लडेर उपचार क्रममा मृत्यु भएको उनका आफन्तले बताएको प्रहरीले जनाएको छ । उनी जबरजस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम बिगत ४ बर्षदेखि कैद सजाय भोगिरहेका थिए । 

उनी गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए । उनका आफन्तले शव भारत गलगलिया हुँदै नेपालको भद्रपुर सिमानाकाबाट घर बिर्तामोड ल्याएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।