झापा । 

ताप्लेजुङबाट कर सम्बन्धी सवै सेवा शुरु भएको छ । पाँचथरको फिदिमबाट सञ्चालन हुँदै आएका कर सम्बन्धी सम्पूर्ण सेवा शुक्रबारदेखि ताप्लेजुङबाटै शुरु  गरिएको हो ।

स्थानीय तह वा अन्य निकायमार्फत कर सेवा उपलब्ध गराउने सरकारको निर्णय अनुसार ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर दर्ता, दाखिलालगायत सबै कर सम्बन्धी कामकाज सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख यामनाथ गिरीले जानकारी दिए ।

नयाँ व्यवस्थासँगै करदाता तथा सेवाग्राहीले फिदिम पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । यसले सेवाग्राहीलाई समय र आर्थिक भार कम भएको छ । कर प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ सेवा शुरु गरिएको प्रमुख गिरीले बताए।