झापा ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


















