झापा ।
ईशाई धर्मावलम्वीहरुको एक मात्र विशेष चाढ ख्रीष्टमसअको अवसरमा झापामा पनि विभिन्न उत्सवमय कार्यक्रम गरेर यो चाढ मनाएको छ । ईशाई धर्म गुरु येशू ख्रीष्टको जन्मदिनको विशेष स्मरणमा यो पर्व मनाउने प्रचलन रहेकोछ १ विश्वभरी रहेका ईशाईहरुले मनाउने यो पर्व पछिल्लो समय नेपाली समाजमा पनि एक विशेष रहदै आएको छ ।
ईस्वी सम्वत् अनुसार हरेक वर्षको अन्त्यमा डिसेम्बर महिनाको २५ तारिखलाई ख्रीष्टमसको उत्सवमय दिनको रुपमा मनाउने चलन छ १ यसलाई बढादिन भनेर पनि भन्ने गरिएको छ । झापाका सबै चर्चहरुले बढा दिनको उत्सव विभिन्न सांस्कृतिक कार्य्स्क्रम गरेर मनाउने गरेका छन् १ यसै अनुसार विर्तामोड स्थित विलिभर्स चर्चले बिभिन्न उत्सवमय कार्यक्रम गरेर यो पर्व मनाएकोछ ।
चर्चका प्रमुख फादर डा. चित्रकुमार रुपाचाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बाईबलिय बचन ,विभिन्न नृत्य, गायनसहित कार्क्रम सम्पन्न गरिएको थियो ।
विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीसहितको कार्यक्रममा मुना राईको स्वागत रहेको थियो । कृष्ण लिङ्देन र पूजा लिङ्देनको संयुक्त संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न विध्यालयका विध्यार्थीको बाक्लो उपस्थिती रहेको बताईएको छ ।
कन्य मरियमको गर्वबाट येशूको जन्म भएको भन्ने धर्मशाश्त्र बाईबलमा बताइको छ । बिर्तामोड नगरमा २५ बढी चर्च रहेको बताईइएको छ भने १५ हजार बढी जिल्लामा ईसाईहरु रहेको बुझिएको छ ।


















