झापा । 

झापा भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषसहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट  खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०३००१ प ४९५५ नम्बरको मोटरसाइकललाई शंका लागेर चेक जाँच गर्दा उनीहरुलाईलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा मोटरसाइकल चालक ईलाम माई नगरपालिका–१ दानाबारीका ३१ बर्षीय सन्देश राई र  सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका ४६ बर्षीय टेकबहादुर लिम्बु छन् । 

उनीहरुलाई आज (बिहीवार) साँझ ५ः४० बजेको समयमा  चेक जाँच गर्दा सन्देश राईको मलद्धार भित्र  प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध अर्थात ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । 

सन्देशको साथबाट फेला परेको लागूऔषध प्लाष्टिक बाहेक तौल गर्दा ५ ग्राम १०० मिलिग्राम र मोटरसाइकल सहित दुबै जनालार्इ नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय  भद्रपुरमाबाट थप अनुसन्धान तथा कानुनी कारवाही लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।