बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापाको ३७ औं स्थापना दिवसको अवसरमा आज (बुधवार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने नाराका साथ आज बिर्तामोडमा स्थापना दिवसको अवसरमा महासंघ झापाले रक्तदान कार्यक्रम आयोजना गरेको नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ झापाको आयोजना, नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग र झापा ब्लड डोनर्स सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको सचिव राजु पाठकले बताए । 

आज विहान १० बजेदेखि २ बजेसम्म बिर्तामोडस्थित अतिथिसदनमा हुने रक्तदान कार्यक्रम आएर रक्तदान गरिदिन महासंघ झापाले सम्पूर्ण स्थानीय संघ संस्था र व्यक्तित्वहरुलाई आग्रहसहित हार्दिक अपिल गरेको छ । 

raktadan