झापा । 

जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट फरार रहेको थुनुवा आज (आइतवार) बिहान ९ः४० बजे पक्राउ परेका हुन् । दमकबाट खटिएको प्रहरी टोलीले दमक–६ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

गत भदौं २४ गतेको  जेनजीआन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेर फरार रहेका सवारी ज्यान मुद्दाको थुनुवा तेह्रथुमको लालिगुँरास नगरपालिका–४  का २५ बर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनलाई कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।