झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ डाँगीवारी फोहोर जलाउने क्रममा जलेर एक जना महिला घाइते भएकी छिन् । सोही स्थानकी ३४ बर्षीया रुवी भण्डारी आइतवार साँझ ७ः३० बजे जलेर घाइते भएकी हुन् । 

भण्डारीले आफ्नै घर अगाडी भएको फोहोर भेला जम्मा गरी जलाउने क्रममा अचानक बोतल पड्कीएर आगो उनले लगाएको लुगामा सल्किएर जलेर घाईते भएकी थिइन् ।

उनलाई उपचारको लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याएर उपचार भइरहेको र घाईते भण्डारीको दुबै हातखुट्टा र पेट जलेर घाईते भएको साथै अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।