झापा ।
झापाको बाह्रदशी गाउँपालिका–५ स्थित कठरडाँगी भएको आगलागीमा ४ लाख मूल्य बराबरको क्षति भएको छ । आज (शनिवार) दिनको ३ बजेको समयमा गाई ग्वालीमा अचानक आगोलागी भएको थियो ।
बाह्रदशी–५ कठर डाँगीका ईच्छाराम निरौलाको काठ र टिनको छानो भएको एक तले गाई ग्वालीमा आगो लागेको थियो । आगोलागीबाट गाई ग्वाली जिल पूर्ण रुपमा जलेर नष्ट हुँदा चार लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो ३ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















