झापा ।
जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार रहेका दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेर फरार रहेका उनीहरुलाई आज (शनिवार) पक्राउ गरिएको हो ।
लागू औषध मुद्दाको म्याद थप भएका थुनुवा गौरादह नगरपालिका–१ का २५ बर्षीय लुखीराम वास्की र लागू औषध मुद्दाका थुनुवा कमल गाउँपालिका––५ का २६ बर्षीय संजिव लिम्बु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोलीले आज अन्दाजी साँझ ५ बजेको समयमा लुखीराम वास्की गौरादह–१ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान अन्दाजी ९ः३० बजेको समयमा कमल––५ बाट नियन्त्रणमा लिएर इप्रका दमकमा ल्याएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरु दुवै जना हिरासतबाट भागेर फरार रहेका थिए ।


















