काँकरभिट्टा ।
झापामा जंगी हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आज (बिहीवार) बिहान ६ः३० बजेको समयमा हात्तीले ती ब्यक्तिलाई आक्रमण गरेको थियो ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुण्डाँगीस्थित खड्का डाँडामा तत्काल नाम थर वतन नखुलेको भारतिय मुलको जस्तो देखिने अन्दाजी ५०–५५ को पुरुष ब्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
नेपालबाट भारत तर्फ जाँदै गरेका ती व्यक्तिको हात्तीसँग जम्काभेट भएरपछि हात्तीको आक्रमणमा गरेको थियो । हात्तीको आक्रमणबाट उनको मृत्यु भएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै गरेको बुझिएको छ ।



















