बिर्तामोड । 

राष्ट्रियता धर्म संस्कृती तथा नागरिक बचाउ महाअभियान  नेपाल  झापाले  खबरदारी ¥याली गरेको छ । अभियानले आज (बुधवार) झापाको बिर्तामोड–५ स्थित  सिटि सेन्टर अगाडीबाट खबरदारी र्याली गरेको हो । 

राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल झापाको आयोजनामा र्याली भएको हो । अभियान  झापा अध्यक्ष राजेश राजवंशी नेतृत्वमा भएको र्यालीमा झापा जिल्ला सह–संयोजक कमल कर्मचार्य, अभियानका झापा जिल्ला जनआन्दोलन परिचालन समितिका झापा संयोजक यमकुमार मैनाली, मेची अन्चल संयोजक मधुरकान्ता सिटौलालगायत करिब ८०/९० जनाको उपस्थिती खबरदारी र्याली भएको थियो । 

राष्ट्रबादी शक्तिहरु एक हौ, भ्रस्टाचारीलाइ कारवाहीगर, जेनजीलाइ रिहा गर, आजको वार्ता सफल पारौ, हाम्रो  मागहरु पुरा गर, घर जग्गा लिलामी फुकुवा गर, दुर्गा प्रसाइ जिन्दावाद जस्ता नाराहरु लेखीएको प्लेकार्ड सहित  खबरदारी ¥याली सुरु भएको थियो। 

उक्त ¥याली सिटि सेन्टर, इलाम बस स्टेण्ड, मुक्तीचोक  पूर्व स्टेण्ड  हुँदै पुःन मुक्ती चोक आएर कोण सभामा परिणत  भएको थियो ।