झापा ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च–पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने महाशाखाले जनाएको छ ।
भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


















