झापा । 

भन्सार छलेर नेपाल भित्रुयाइएको २ लाख ७५ हजार मूल्य बराबरको सामान नियन्त्रण गरिएको छ । आज (मंगलबार) बिहान १० बजेको समयमा झापाको मेचीनगर–१० निन्दा पुलबाट प्रहरीले उक्त सामाग्री नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापा र  इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले विभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न सामाग्री नियन्त्रणमा लिएको थियो । 

चेकजाँचका क्रममा प्रहरीले सारी २०० पिस (प्रति पिस रु. ५००)  स्पोर्ट सुज–२००जोर (प्रति जोर रु.७००), फुटबल सुज–२० जोर (प्रति जोर रु.७००), लोफर जुत्ता सेन्थेटिक–१५ जोर (प्रति जोर रु.७००), चप्पल–६ जोर (प्रति जोर रु.५००) गरी जम्मा २ लाख ७५ हजार मूल्य बराबरको कपडा तथा जुत्ता आईटमहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त नियन्त्रण गरिएको सामाग्रीहरु इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर राखिएको र भन्सारका बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फाइल तस्वीर