झापा । 

हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको र जसको प्रभावले तीन वटा प्रदेशमा आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिम वायुको आंशिक  प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।