झापा । 

घाँस काट्न रुखमा चडेका बृद्धको लडेर मृत्यु भएको छ । आज (आइतवार) बिहान ८ः३० बजेको समयमा झापाको शिक्षसताक्षी नगरपालिका–२ का ७१ बर्षीय आनन्दहाङ लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो । 

 लिम्बु आफ्नै बारीमा रहेको पिपलको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भभएका थिए । उनलाई दमक अस्पताल दमकमा ल्याएर उपचार भई रहेकोमा बिहान १०ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो ।   

लाश दमक अस्पताल दमकमा नै रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।