झापा ।
झापा कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडक खण्डमा ट्याक्टरमा आगलागी भएको छ । नमुना चोकबाट हाईवे निस्किदै गरेको मे १ त ४४५५ नम्बरको पराल लोड भएको ट्रयाक्टर बिजुलीको पोलको तारमा छोई आगलागी भएको हो।
आज (आइतवार) मध्यान्ह १२ः१५ बजेको समयमा आगलागी भएको थियो । प्रहरी, स्थानियहरुको सहयोगमा १२ः३० बजे आयो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट पराल पूर्ण रुपमा र ट्रयाक्टरको डाला र चालक बस्ने ईन्जिनको भागमा आंशिक रुपमा जलेर नष्ट हुँदा करिव ६० हजार मूल्य बराबरको क्षति भएको बताइएको छ ।
ट्रयाक्टर चालक कनकाई–७ का ३३ बर्षीय गणेश खत्री प्रहरी नियन्त्रणमा लिएको, चालकको कागजपत्र भएको, मापसे नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















