झापा । 

झापाको दमक नगरपालिका–५ स्थित नारायण टोलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । दमक–५ नारायण टोलका ३१ बर्षीय रणबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

दमक–५ नारायण टोलका ३१ बर्षीय मगरले लागूऔषध खैरो हेरोईनको कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटी गएको प्रहरी टोलीले शनिवार साँझ ६ बजेको समयमा उनलाई नियन्त्रणमा लिएको हो । 

उनको घर कोठा, शरीर समेत तलासी लिँदा कोठा भित्र रहेको हेलमेट भित्र प्लाष्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हेरोईन  प्लाष्टिक बाहेक २ ग्राम २२० मिलिग्राम, र उनको साथमा नगद २१ हजार ५०० रुपैयाँ फेला परेको थियो । 

साथै उनको साथबाट एक थान मोबाईल समेत फेला पारि बरामद गरी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।