झापा । 

झापाको बिर्तामोडबाट भन्सार छलर ल्याईएको ठुलो परिमाणको कपडासहित किराना सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको सादा पोशाक तथा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटिएको  सादा पोशाक सहितको प्रहरी टोलीले सात लाख वढीको सामाग्री बरामद गरेको हो । 

आज (शनिवार) बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पताल नजिकै  ठुलो परिणामको कपडा सहितको सामान बरामद गरेको हो । भारतबाट ल्याईएको खेलाडीको जर्सि ५ सय ५० सेट २ लाख ७५ हजार, फुटबल जुत्ता ५० जोर ५० हजार, गलबन्दी २४३ थान २४ हजार ३ सय, चिनि, जिरा, चक्लेट, मरिच, रंगिन पेपर लगायत करीब ५ लाख २१ हजार बराबरको सामान बरामद गरिएको प्रहरी जनाएको छ । 

बिर्तामोडमा गोदाममा राखेर भारतबाट कारोबारीले सामान दमक, उर्लाबारी लगायतका बजारमा पुर्याउने गरको स्रोतले जनाएको छ । प्यासेनजर बोक्ने म्याजिक भेनमा सामान केरियरले लिएर आएको बताइएको छ । 

सयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएर बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको  र सम्पूर्ण सामान  भोलि आइतवार मेची भन्सार कार्यालय काँकर भिट्टा पठाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीले ७ लाख ९१ हजार ५४० रुपैयाँ मूल्य बराबरको कपडासहित  किराना सामाग्री फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फाइल तस्वीर