झापा । 

विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरिएको छ । जेनजी आन्दोलनसहित बिभिन्न मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ परेका हुन् । 

इनरुवा जिल्ला अदालतको मुद्दा नम्बर ०८१–८१–०५९८ निरमाया बिश्वकर्माको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रामबहादुर बिश्वकर्मा समेत भएको बहु बिबाह मुद्दामा एक बर्ष ६ महिना कैद १५ हजार जरिवाना ठहर भएका सुनसरीको  बराहक्षेत्र नगरपालिका–१ स्थाई वतन भएका अभियुक्त रामबहादुर बिश्वकर्मा झापाको मेचीनगर नगरपालिका–६काँकरभिट्टामा पक्राउ गरिएको छ । 

लुकीछिपी बस्दै आईरहेका विश्वकर्मालाई विशेष  सूचनाको आधारमा खोजतलास गर्ने क्रममा  शुक्रवार दिनको अन्दाजी १ बजेको समयमा मेचीनगर–६ स्थित देवकोटा पार्क अगाडी सडक बाटोमा फेला पारी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरिएका बिश्वकर्मालाई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

यसैगरी शुक्रवार साँझ ७ बजेको समयमा अर्जुनधारा–११ बसपार्कबाट जेनजी आन्दोलनका क्रममा फरार रहेका अपहरण तथा शरिर बन्धक मुद्दाका प्रतिवादी प्रतिवादी सोही स्थानका १६ बर्षीय दिवश गुरुङलाई पक्राउ गरिएको छ । 

गुरुङ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय अनारमनी हिरासतबाट जेनजी आन्दोलनको क्रममा गत भदौं २४ गते फरार रहेका थिए । गुरुङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर  राखिएको र थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै शुक्रवार दिनको २ बजेको समयमा झापा जिल्ला अदालतको मिति २०८१÷८÷५ गते फैसलाले  एक कैद १ बर्ष तोकिएका  लागत न १२÷४१७९ को  बाल बालिका  बिरुद्धको  कसुरको फरार प्रतिबादी पनि पक्राउ परेका छन् । झापाको कचनकवल गाउँपालिका–७ का २५ बर्षीय  गोपाल राजबशीलाई सोही स्थानस्थित सितागढीबाट पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयनको लागि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।