बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग सचिव पुकार वरालले आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् । 

संघका अध्यक्ष राजु न्यौपानेलाई उनले आज उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमकाबीच बरालले आफूहरुले लिएको लक्ष्य अनुरुप ‘व्यवसायी सदस्य राहत कोषमा’ एक करोड रुपैयाँ पु¥याउन आफू समेत सहभागी बनेको बताए । उनले कोषका  लागि सहयोग गर्ने सम्पूर्ण व्यवसायी र सुवेक्षुकहरुलाई धन्यवाद समेत ज्ञापन गरे । 

संघका उपाध्यक्ष विशाल थापाले सञ्चालन गरेको कार्यक्रममा कोषमा सहयोग रकम प्रदान गर्ने बराल , उनकी श्रीमती रमा गौतम बराललाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।