बिर्तामोड ।
७७ औ अन्तरास्ट्रिय मानव अधिकार दिवस अर्थात १० डिसेम्बरको अवसर पारेर झापाको बिर्तामोडमा ‘मानव अधिकार, जीवनको अपरिहार्य आधार’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरिएको छ । ७७ औ अन्तरास्ट्रिय मानव अधिकार दिवस झापामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
मानव अधिकार सञ्जाल झापाको आयोजना, सुरुवाती कोठा नेपाल, एम्नेस्टि ईन्टरनेशनल, एस.एन .जे. डी, मानब अधिकार प्रतिष्ठानलगायतका सस्थाको सहकार्यमा प्रभातफेरी गरिएको थियो ।
झापाको मुक्तिचोकमा प्रभातफेरी तथा मानब अधिकारको सम्बद्र्धन तथा पर्वद्धनमा सरोकार वालाको भुमिका बिषयक अन्तरकृया गरि मनाइएको छ । प्रभातफेरीमा संघ सस्थाको प्रतिनिधि स्वरुप ए.बि.सि नेपालकी कन्चना सिटौला, एम्नेस्टि ईन्टरनेशनलका प्रतिनिधि सुरेशकुमार भद्रपुरे, हुर्फनका जिल्ला अध्यक्ष तोया काफ्ले, सन्चारकर्मी रेजिना रोदन लगायतले सम्बोधन गरेका थिए ।
प्रभातफेरीपछि भएको अन्तरकृया कार्यक्रममा ईन्सेकका जिल्ला श्रोत ब्यक्ती अधिबक्ता नरेश खातीले जिल्लाको मानब अधिकारको अवस्थाका बारेमा प्रतिबेदन पेश गरेका थिए ।
प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राज्यले नागरिक प्रति अधिकार पालना गर्ने कुरा बताए । बिशेष अतिथि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन लिम्बुले प्रहरीले नागरिकको मानब अधिकार सुनिश्चिततामा दिनरात कार्य सम्पादन गरेको बताएका । मानब अधिकार रक्षक परिषद, कोशी प्रदेश अध्यक्ष बिष्णु खरेल तथा महासचिव कमल कोइराला तथा सन्चारकर्मी स्वास्तिका आचार्य ले अझैपनि अधिकारको वकालत अधिकार कर्मीले गरि राख्नु परेको बताएका थिए । गोमेन्द्र कलेजको सभाहलमा सम्पन्न अन्तरक्रियाको अध्यक्षतामा मानब अधिकार सन्जाल झापा अध्यक्ष प्रा .डा. रुपक खनाल गरेका थिए भने अधिकारकर्मी दीपक दासले सन्चालन गरेका थिए ।


















