झापा ।
झापाको कनकाई नगरपालिका–२ सुकेडाँगी भएको एक बिवाहमा कुटपिट हुँदा पाँच जना घाइते भएका छन् । गएराति ११ बजेको समयमा सोही स्थानका धनबहादुर लिम्बुको घरमा बिबाह कार्यक्रममा जन्तीहरु नाच्ने क्रममा एक आपसमा झै–झगडा भएको तियो ।
झै–झगडामा कुटपिट हुँदा पाच् जना घाईते भएका हुन् । घाइते हुनेमा कनकाइ–३ का १८ बर्षी युकेश न्यौपानेको चिउडोमा चोट, अवस्था सामान्य रहेको छ ।
कनकाई–२ का १८ बर्षीय मनिष श्रेष्ठको टाउको, चिउडोमा, दाहिने हातमा चोट, अवस्था सामान्य रहेको, कनकाई–३ का १८ बर्षीय प्रिन्स ठकुरीको भित्री चोट, अवस्था सामान्य, कनकाइ–३ का १८ बर्षीय आदित्य चिमरियाको टाउकोमा चोट, अवस्था मध्यम रहेको र कनकाई–२ का ३४ बर्यीय भीम राईको टाउकोमा चोट लागेको छ ।
घाइते उनीहरुलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















