झापा । 

झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

आज (मंगलबार) बिहान ९ः२० बजेको समयमा शिवसताक्षी–१० जीवनटोलका ६२ बर्षीया बिमला माझी पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेकी हुन् । 

इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली गएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रकृयापछि  उक्त शव  पोष्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।