झापा । 

ज्यान मार्ने उद्योग मुद्दामा १२ बर्ष कैद भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका पाँचथर साविक रानिटार गाबिस.वडा नम्वर ६ का पुर्ण गुरुङलाई गोप्य सुचनाको आधारमा प्रहरीले गएराति ९ बजेको समयमा झापाबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

 पाँचथर जिल्ला अदालतको मिति २०७५/०१/२४ गतेको फैसला बमोजिम ज्यान मार्ने उद्योग मुद्दामा १२ बर्ष कैद भई फरार रहेका उनलाई शिवसताक्षी नगरपालिका–२ ईन्द्रेणी चौकमा लुकिछिपि बसिरहेको अवस्थामा  पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएर उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई राखिएको र सजाय कार्यान्वयन गराउन सम्बन्धित कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।